काठमाडौं । त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडको १५ औं वार्षिक साधारण सभा कार्तिक १९ गते हुने भएको छ । साधारण सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुन लागेको हो ।
साधारण सभामा नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीको ठेगाना परिवर्तन गर्ने र वित्तीय संस्थाहरूको कर्जा सुविधा उपभोग गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिने छ ।