Connect IPS
IME Life

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ८२ करोड ९६ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले बढेर १,८७० दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ९५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७९ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको २ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ४६४ रुपैयाँ कायम भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताल धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS