Connect IPS
IME Life

अत्याधुनिक बन्दै खानेपानी संस्थाहरु, प्रविधिको प्रयोगले पारदर्शीता कायम, उपभोक्तालाई सहज

SPIL
NIC ASIA new
Sanima Reliance

विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेका बेला मुलुकमा सञ्चालिन खानेपानी संस्था तथा उपभोक्ता समितिहरू समेत डिजिटलाइज हुँदै गएका छन् ।

केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरणहरु राखेर सेवा प्रदान गरिरहेका संस्थाहरु अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका हुन् । हालसम्म देशभरका ६ सय भन्दा बढि खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको नगर विकास कोषका सुभास पन्तले बताए । हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसंख्यामा यो डिजिटलाइज सेवा पुगिसकेको छ । यी समितिहरुले दियालो टेक्नोलोजिले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् । नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव शंसाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्ने लगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ भने कतिपय प्रविधि निर्माको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरि खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् ।

Prabhu
Crest

नेपालको वर्तमान नीति अनुसार कुनैपनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्थाहरु ४२ हजार संख्याको हाराहारिमा रहेको तथ्यांक पाइन्छ । यी मध्ये करिब १६ हजार ४ सय संस्थाहरु मत्र दर्ता भएको सरकारी तथ्यांक छ । दर्ता भएका मध्ये ११ हजार ८ सय २८ वता संस्था संचालनमा रहेका छन् । यी मध्येपनि नियमित बैठक बस्ने,आवधिक रुपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समितिहरु त झन् निकै नै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिहरुमा आवश्यक सहि तथ्यांक निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुने जस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढंगले सञ्चालन हुँदा संस्थालाई चुस्त दुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुने जस्ता समस्या देखिँदै आएका छन् ।

प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिद जस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका संचाललकहरुको अनुभव छ । प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्त दुरुस्त सेवा मात्र दिएका छैनन् की ति समितिहरुमा पारदर्शीता कायम हुनुका साथै उपभोक्तामा जवाफदायी सेवा समेत भइरहेको छ ।

प्रविधिको प्रयोग गरेका खानेपानी समितका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महशुलको बिल पोओएस मेसिनबाट प्रिण्ट भएको कम्प्राइज बिल प्राप्त गरिरहेका छन् भने आफ्नो मोबाईलबाटै आफुले तिर्नुपर्ने महशुलको जानकारी पाउँछन् । उनीहरुले आफ्नो खानेपानीको महशुल मोबाईलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरुको समय र खर्च दुबै बचत भइरहेको छ । हाल मासिक ३ लाख ५० हजार भन्दा बढि घरधुरीले मोबाईलबाटै आफ्नो महशुल भुक्तानी गरिरहेका छन् ।

खानेपानी क्षेत्रमा प्रयोग भएका सफ्टवेयर र यीनका विशेषता

मिटर रिडिङ्ग मोबाईल एप : मिटर रिडिङ्ग मोबाईल एप हाल सबै खानेपानी समितिहरूमा सञ्चालनमा रहेको छ । मिटर रिडिङ्ग मोबाईल एफले पिओएस मेसिन मार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिरेको रकम प्रिन्ट हुन्छ । मिटर रिडिङ्ग गरेको र रकम भुक्तानी लिएको विवरण कुनैपनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ्ग र महशुल संकलनको कामलाई पारदर्शी बनाएको छ । यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिने जस्ता समस्स्या आउने गरेता पनि यसले सिधै सफ्ट वेयरमा अपडेट गर्ने हुँदा यसबाट ग्राहक र खानेपानी समितीमा सहजता ल्याएको छ ।

बिलिङ्ग व्यवस्थापन : बिलिङ्ग व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा रहेको छ । यस प्रणालीमा ग्राहकको सम्पूर्ण केवाइसी विवरण रहेको हुन्छ । यस प्रणालीमा खानेपानी महशुलको छुट तथा जरिवाना व्यवस्थापन हुन्छ । यसमा खानेपानीको दर पनि समावेश रहेको हुन्छ । यसबाट खानेपानीको उपभोग, आम्दानी विश्लेषण गर्नुका साथै ग्राहकको परिचय पत्र बनाउन सकिन्छ ।

पहिले पहिले हरेक ग्राहकको छुट्टाछुट्टै फाराम रहन्थे । ति फारामहरू कहिले हराउने, कहिले च्यातिने जस्ता समस्या आउँथे । फारामहरु हराउने, अव्यवस्थिते हुँदा आफ्नै गहक हो की होइन भनेर चिन्न नसक्ने अवस्था पनि आउँथ्यो । तर यस प्रणाली राखिसकेपछि सबै विवरण दुरुस्त हुन्छ । यदि कसैले आफ्ना नजिकका व्यक्तिलाई ग्राहकनै नबनाइ निशुल्क पनिी दिनसक्ने, आवश्यकता भन्दा बढि छुट दिने जस्ता गलत क्रियाकलापलाई पनि यस प्रणालीले नियन्त्रण गर्छ । यो प्रणाली भएपछि ढड्डामा केरमेट गर्ने,हराउने समस्याको निराकरण हुन्छ भने एक क्लिकमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ। यसमा खानेपानीको रकम कति उठ्यो, बक्यौता कति उठ्न बाँकी छ जस्ता कुरा सहजै राख्न सकिने हुँदा पारदर्शी हुन्छ ।

एसएमएस प्रणाली : एसएमएस सिस्टमले ग्राहक र समितिका बीचमा पुलको काम गरेको छ । यसअघि साधारण सभा गर्नुपरेमा अथवा कुनै सूचना ग्राहकका बिचमा पुर्याउनुपरेमा सबै ग्राहकलाई चिठि लेख्नुपर्ने हुन्थ्यो । तर अहिले यस सिस्टमले सबै ग्राहकका बिचमा एसएमएस मार्फत एकैपटक सूचना संप्रेषण गर्न सकिन्छ । साथै यस प्रणालीले खानेपानीको महशुल नतिरेको अवस्था अथवा जरिवाना लागेको अवस्थामा सिस्टमले नै अटोमेटिक रुपमा म्यासेज संप्रेषण गर्दछ । यति मात्र नभएर आफ्ना कुनै निश्चित क्षेत्रका गहकलाई मात्र सूचना पुर्याउनु परेमा पनि फिल्टर गरेर यस प्रणाली मार्फत एसएमएस पठाउन सकिन्छ ।

अनलाइन भुक्तानी : अनलाइन भुक्तानी प्रणालीले गर्दा आम उपभोक्तालाई महशुल भुक्तानी गर्नका लागि खर्चनुपर्ने समय र खर्चको बचत भएको छ । खानेपानी समितिका कार्यालय केही किलोमिटरको दुरीमा हुँदा सवारी साधन चृढर कार्यालयमा गइ लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । उपभोक्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै खानेपानीको महशुल भुक्तानी गर्न सकिन्छ । हाल ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्था, इसेवा, खल्ती,आइएमइ लगायतका भुक्तानी प्रदायक मार्फत सहजै महशुल भुक्तानी गर्न सकिन्छ ।

लेखा प्रणाली : खानेपानी क्षेत्रमा रहका विभिन्न प्रणााली मध्ये लेखा प्रणाली पनि एक प्रमुख प्रणाली हो । हाल यो प्रणाली सञ्चालनमा रहेको छ । यो प्रणालीले संस्थाको आम्दानी खर्च, सम्पती दायित्व, नाफा नोक्सान,आर्थिक अवस्था लगायतका सबै विवरण हेर्छ । यो प्रणाली नेपाल लेखामानक अनुसार विकास गरिएको छ । सो प्रणाली खानेपानी सफ्टवेयर, एसएमएस , मिटर रिडिङ्ग लगायतका सबै प्रणालीसँग जोडिएको हुँदा यसले हरेक कुरालाई पारदर्शी बनाएको छ । यो प्रणाली क्लाउड बेस टेक्नोलोजीमा आधारित रहेको हुँदा संचालक समिति अथवा खानेपानी व्यवस्थापकले कुनैपनि स्थानमा बसेर संस्थाको हिसाब किताब हेर्न सकिन्छ ।

जिन्सी व्यवस्थापन : जिन्सी व्यवस्थापन प्रणाली मार्फत संस्थामा कुन सामान, कति मात्रामा स्टक छ, कति खरिद–विक्री भए, कति फिर्ता भए,कति मर्मत संहारमा प्रयोग भए जस्ता सबै विवरण हरु उल्लेख रहने हुदा जिन्सी तथा सामानको अपचलन हुने कुरालाई निराकरण गर्छ । भौतिक मौज्दात परिक्षण गर्न सकिने सुविधाले मौज्दात नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको छ ।

मानव संशाधन व्यवस्थापन प्रणाली : यस प्रणालीले कर्मचारीको हाजिरी, बिदा व्यवस्थापन, तलब तथा ज्याला व्यवस्थापन, कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सहयोग पुर्याउँछ ।

भौगोलिक सूचना प्रणाली : यस प्रणालीले खानेपानीको प्रसारण र वितरण पाइपलाइन तथा अन्य संरचनाको भौगोलिक अवस्थितीको जानकारी दिन्छ । यसले मर्मत संभारका लागि पाइपलाइन गाडिएका स्थान, च्यांमर, भल्व, ट्यांकी,ग्राहकको घर जस्ता खानेपानीका सम्पतीहरु रहेको स्थानका विषयमा सबै विवरण उपलब्ध गराउँछ ।

एन.आर.डब्लु : (पानी चुवाहट विश्लेषण) : यो प्रविधिमा हाल जिएसएमए आइएफ प्रोजेक्ट अन्तरगत काम भइरहेको छ । यसमा स्रोतबाट खानेपानी कति उत्पादन भयो, ट्याङ्कीमा पानी कति जम्मा भयो, उपभोक्ताले कति उपभोग गरे र कति चुवाहट भयो भन्ने सबै कुरा उल्लेख हुन्छ । यसले पानी चुवाहटको डाटा दिन्ने हुँदा कहाँबाट चुवाहट भइरहेको छ भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ । यसबाट पानी ट्याङ्की सफा गर्दा कति पानी खेर गयो,उत्पादन र उपभोगको विश्लेषण लगायतका सबै विवरण हेर्न सकिन्छ । पानी चुवाहट नियन्त्रण गर्न सहज हुने हुँदा घरघरमा खानेपानीको आपुर्ती बढाउन सहयोग पुग्छ, संस्थाको आम्दानी बढाउन सहयोग हुने र भविष्यमा खानेपानीको संकट समाधान गर्नका लागि रणनीति बनाउन सहयोग पुग्नेछ ।

ल्याव व्यवस्थापन प्रणाली : यसले खानेपानीको स्रोत, वितरण प्रणालीका विभन्न खण्डमा खानेपानीको गुणस्तर स्वचालित रुपमा मापन, विश्लेषण तथा संप्रेषण गर्दछ । यसमा आम उपभोक्ताले मोबाईबाटै आफुले प्रयोग गरिरहेको पानीको गुणस्तर हेर्न सक्छन् । जसले गर्दा हर क्षण खानेपानीको गुणस्तर मापन भइराख्छ भने शुद्ध र सफा पानी उपभोग गर्न पाइन्छ ।

पम्प कन्ट्रोल प्रणाली : पम्प कन्ट्रोल प्रणाली स्वचालित रुपमा पम्प अन र अफ गर्ने प्रणाली हो । यसअघि पम्प अन र अफ गर्न निरन्तर रुपमा जनशक्ति लाग्थ्यो । तर यो प्रणाली जडान गरेपछि पम्प अन अफ गर्न कुनै मानिसको आवश्यकता पर्दैन । यसले ट्याङ्की खाली हुँदा अटोमेटिक रुपमा पम्प अन हुन्छ भने ट्याङ्की भरिएपछि आफै अफ हुन्छ । जसले गर्दा पम्प सुचारु नहुँदा पानी नपाइने र पानी भरिएपछि खेर जानेजस्ता समस्याको निराकरण हुन्छ । यस प्रणालीमा पम्पबाट कति पानी उत्पादन भयो, पम्प कतिघण्टा चल्यो जस्ता सबै विवरण हेर्न सकिन्छ भने पम्प पम्प संचालन खर्चमा समेत कमी आउँछ । साथै पम्पलाई मोबाईल र सफ्टवेयरबाट नियन्त्रण गर्न सकिन्छ ।

ग्राहक गुनासो व्यवस्थापन : यस प्रणालीमा मोबाईल एप्लीकेशन मार्फत नै ग्राहकले आफ्ना गुनासो राख्न सक्छन् भने कर्मचारीले गुनासाको हल गर्छन् । साथै समितिले संस्थामा के कति र कस्ता गुनासा आएका छन्, कति सम्बोधन भए भनेर सबै विवरण हेर्न सक्छन् । यसले गर्दा संस्थालाई जवाबदेही बन्न सहयोग पुर्याउँछ ।

भूमिगत पानीको तह विश्लेषण : यस प्रणालीले जमिनको सतहमुनि कति पानी छ, यो पानीले कति समयसम्म पुग्छ, जमिनमा पानी पुन जम्मा भइरहेको छ की, छैन जस्ता कुराको विश्लेषण गर्छ । पानीको स्रोत कति घटिरहेको छ, हरेक महिना, वर्ष कती पानी घटिरहेकोे छ, पानी सुक्दै गइरहेको छ या पुःन जम्मा पनि भइरहेको छ भन्ने कुराको विश्लेषण हुने हुँदा पानीको स्रोत कहिले सुक्नसक्छ भन्ने करुाको पूर्वानुमान गर्न सकिन्छ । यसले गर्दा भविष्यमा आउने पानीको संकट समाधान गर्न बैकल्पिक स्रोत व्यवस्थापनमा रणनीति बनाउन सकिन्छ ।

मोबाईल एप्लीकेशन : ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाईल एप्लीकेशनको विकास गरिएको छ । ग्राहकका लागि ग्राहक सूचना प्रणाली र संचालक तथा व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको छ । ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एप्लीकेशनबाटै महशुल भुक्तानी गर्ने, संस्था र समितका सम्पर्क नम्बर हेर्ने,खानेपानीको महशुल विवरण हेर्ने, मिटर रिडिङ्ग विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्ने जस्ता कुरामा सहजता ल्याउँछ । खानेपानी ज्ञान प्रणालीले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरु बिलिङ्ग,महशुल संकलन,लेखा, जिन्सी,गुनासो,पानी चुवाहट, गुणस्तर,पम्प नियन्त्रण, कर्मचारी लगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाईल बाटै प्राप्त गर्न सकिन्छ ।

इलेक्ट्रो म्याग्नेटिक फ्लो मिटर : यो प्रविधि पानीको स्रोतमा जडान गर्दा स्वचालित रुपमा प्रति सेकेण्ड कति पानी उत्पादन भएको छ भनेर रियल टाइममै जानकारी पाउन सकिन्छ । । जसका आधारमा उत्पादनको मात्रा विश्लेषण गरि पानी आपूर्ती प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ ।

ट्याङ्कीको पानी तह मापन प्रविधि : यसले खानेपानी ट्याङ्ंकीमा कति पानी छ भनेर हेर्न सकिन्छ । यस आधारमा कति वितरण गर्ने, कति पानी स्रोतबाट थप्ने, घटाउने आदी कुराको नीति बनाउन सहज बनाउँछ ।

खानेपानी क्षेत्रका संस्थालाई अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउन दियालो टेक्नोलोजीले निकट भविष्यमै स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मत संभार प्रणाली, गेटभल्भ अटोमेशन जस्ता प्रणाली सञ्चालनमा ल्याउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS