काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजारमा आज दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ३६ अंकले बढेर १,८६६ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका डिबेञ्चर इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।