Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको बृद्धि, विकास बैंक र फाइनान्सको शेयरमा लगानीकर्ता आकर्षित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजारमा आज दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ३६ अंकले बढेर १,८६६ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज रिडी पावर कम्पनीको २ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको १ करोड ८९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको १ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका डिबेञ्चर इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS