Connect IPS
IME Life

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम ५५ करोड २८ लाखमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ०६ अंकले घटेर १,८५५ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज २२९ कम्पनीको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा ५५ करोड २८ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर कम्पनीको २ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले ८ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन्ध्याबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS