काठमाडौं । सिभिल बैंकले निष्काशन गरेको सिभिल बैंक डिबेञ्चर २०८८ को ब्याज भुक्तानी समय अवधि परिवर्तन गरेको छ । यस डिबेञ्चरको कम्पनीले ब्याज भुक्तानी त्रैमासिक रुपमा प्रत्येक पुस १५,चैत १५, असार १५ र असोज १५ मा भुक्तानी भइरहेकोमा अब परिवर्तन भएको जानकारी गराएको हो ।
असोज १४ को नेपाल धितोपत्र बोर्डको स्वीकृती अनुसार अश उप्रान्त उक्त डिबेञ्चरको ब्याज भुक्तानी प्रत्येक त्रैमास अवधी समाप्तिको पछिल्लो कार्य दिनमा (साउन,कात्तिक, माघ र वैशाख महीनाको पहिलो कार्य दिन) हुने कम्पनीले जनाएको छ ।