काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने जनाएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी कात्तिक २२ गते परिपक्व हुने जनाएको छ ।
त्यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ ।
१ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । उक्त ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ ।