काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव १६ अंकले घटेर १,८७१ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८२का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।