काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव १६ अंकले घटेर १,८७१ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ९७ करोड १७ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर खरिदविक्री भएको छ । कम्पनीको १६ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ ।
त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ६ करोड ६ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ । नविल बैंकको ४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ७९७ रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।