काठमाडौं । दशैंपछिको आज दोस्रो दिन शेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव १६ अंकले घटेर १,८७१ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर खरिदविक्री भएको छ । कम्पनीको १६ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ ।
त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ६ करोड ६ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ । नविल बैंकको ४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ७९७ रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८२का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।