Connect IPS
IME Life

मर्जरले कर्मचारीको मनोबल घटाउदै, नियम अनुसार बढुवामा रोकदेखि मनलाग्दी तलब बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको बहानामा बीमा कम्पनीका उच्च व्यवस्थापनले मनलाग्दी क्रियाकलाप गर्न थालेका छन् । मर्जर पछि नयाँ व्यवस्थापन आउने भन्दै भोलिको जोखिमलाई मूल्याङ्कन नै नगरी कम्पनीहरुले कर्मचारीको तलब तथा पदमा चलखेल गरेको गुनासो आउन थालेको छ ।

बीमा कम्पनीका कर्मचारीहरुका अनुसार मर्जरको सहमतिपत्रमा हस्तारक्षर गरेका कतिपय बीमा कम्पनीहरुले मर्जर अगाडीको मिति राख्दै मन परेका कर्मचारीहरुको बढुवादेखि तलब बृद्धिसमेत गरेका छन् । मर्जरमा नगएका कम्पनीहरुले पनि जसरी पनि मर्जरमा जानु पर्ने भएकाले अहिले तत्काल तलब बृद्धि गरेको पाइदैन । सञ्चालक हाबी भएको कम्पनीमा बढुवा तथा तलब बृद्धिमा रोक लगाइएको छ भने उच्च व्यवस्थापन हाबी भएको कम्पनीमा मर्जर पछि पनि कर्मचारीको तलब बृद्धि तथा पद नै बढुवा गरेका छन् ।

Prabhu
Crest

मर्जरको सहमति गरेको एक कम्पनीका कर्मचारीका अनुसार कम्पनीले आफुलाई मन परेका कर्मचारीको बढुवा गरेका छन् । उनिहरुले बीमा समितिले मर्जर सम्बन्धी दिएको निर्देशन अगाडीको मिति राखेर बढुवा गरेका हुन् ।

अर्को तर्फ कतिपय कम्पनीहरुले मर्जरको बहानामा बढुवा हुने वेला भएका कर्मचारीको बढुवा नै रोकेर मनोबल घटाउने काम गरेका छन् । बीमा कम्पनीमा काम गर्ने कर्मचारीको तलब सुविधा बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीको तुलनामा धेरै कम छ । त्यसमा पनि वर्षौसम्म काम गरेर बढुवाको मुखैमा मर्जरमा जान थालिएको हुँदा अहिलेलाई बढुवा गर्न नसकिने भन्दा ति कर्मचारीको मनोबल नै गिरेको छ । यसरी बीमा कम्पनीमा कर्मचारी तथा बढुवाका विषयमा भएका गतल अभ्यासलाई बीमा समितिले अनुमगन तथा मूल्याङ्कन समेत गर्न सकेको छैन । समितिले तत्काल यस्ता कदमलाई सुधार गर्नु पर्ने देखिन्छ ।

बीमा समितिले गत चैत १० गते जारी गरेको मर्जर सम्बन्धी निर्देशनमा पनि बीमा कम्पनीका कर्मचारीको तलब बृद्धि, बढुवाको व्यवस्था लगायत कर्मचारीको सेवा सुविधाका विषयमा के हुने के नहुने भन्दै स्पष्ट सँग खुलाएको पाइदैन ।

बीमा कम्पनीहरुले मर्जर गरेर क्षमता बढाउने भन्दै गर्दा कर्मचारीको विषयमा पनि विशेष चासो जनाउनु पर्ने देखिन्छ । बीमा कम्पनीको मर्जर सफल असफल हुने भन्ने विषय उक्त कम्पनीले कर्मचारीका विषयमा लिने नीतिमा भर पर्ने बीमा विज्ञ भोजराज शर्मा बताउछन् । यदि बीमा कम्पनीले सजगतापुर्वक कर्मचारी व्यवस्थापन गर्न नसकेमा मर्जर नै असफल हुने तथा सिनर्जी नआउने समस्या आउन सक्ने उनको भनाइ छ ।

अर्को तर्फ बीमा कम्पनीमा कार्यरत कर्मचारीको अवस्था पनि जटिछ । कतिपय बीमा कम्पनीले कर्मचारीको शैक्षिक योग्यता भन्दा पनि उक्त कर्मचारीले ल्याउने व्यवसायका आधारमा पदोन्नती गरेका छन् । त्यस्तै कतिपय कम्पनीमा कर्मचारीको शैक्षिक योग्यता तथा क्षमताका आधारमा पदोन्नती गरेका छन् । भोलि मर्जर पश्चात सामान्य शैक्षिक योग्यता भएको कर्मचारीको निर्देशनमा राम्रो शैक्षिक योग्यता तथा अनुभव भएको व्यक्तिले काम गर्नु पर्छ ।

बीमा समितिले एक मुष्ठ रुपमा कुनै पनि कम्पनीले मर्जर पश्चात कर्मचारीको पद घटुवा गर्ने तथा खाइ पाइआएको तलब सुविधा भन्दा घटाउन नपाउने व्यवस्था गरिदिएको छ । यस्तो अवस्थामा अवस्था असहज हुन्छ । बीमा समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यता तथा नक्कली शैक्षिक प्रमाणपत्रको छानविन सुरु गरेता पनि यसले ठोस रुप लिन सकेको छैन । अझै पनि नक्कली शैक्षिक प्रमाणपत्रधारीहरु बीमा कम्पनीको उच्च व्यवस्थापन तहसम्म काम गरिरहेका छन् ।

साथ साथै बीमा कम्पनीहरुले स्थानीय पर्व तथा प्रदेश सरकारले दिने विदाहरुमा समेत काम लगाइरहेका छन् । विदाका विषयमा पनि कम्पनीहरु गम्भिर छैनन् । प्रदेश सरकारले दिएको विदालाई नमानेर कम्पनीहरुले कर्मचारीलाई काम लगाइरहेका छन् ।

बीमा क्षेत्रमा अहिलेसम्मको एक मात्र सफल मर्जर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पनि भित्र भित्रै ठुलो समस्या छ । दुई कम्पनीका कर्मचारीको समायोजन हुँदा यस्तो समस्या आएको हो । हाल जीवन तर्फ पहिलो पटक मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका प्राइम, युनियन र गुराँस लाइफले सम्पन्न गर्न सकेका छैनन् । सूर्या लाइफ र ज्योति लाइफ मर्जरको अन्तिम चरणमा छन् । उनिहरुले कार्तिक पहिलो सातामा एकिकृत कारोबार गर्ने घोषणा गरेका थिए । तर अहिलेसम्म पनि विशेष साधारणसभाबाट मर्जरको अन्तिम स्वीकृति लिन सकेको छैन ।

महालक्ष्मी लाइफ र प्रभु लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर काम अगाडी बढाइरहेका छन् । त्यस्तै निर्जीवन तर्फ सानिमा जनरल र जनरल, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, प्रभु र अजोड इन्स्योरेन्सले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । तर मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका अधिकाम्स कम्पनीले कर्मचारीहरुसँग छलफल समेत गरेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%

खुसी

59%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS