Connect IPS
IME Life

उम्मेद्वारी दर्तासँगै बजारमा उछाल, दशैंपछि फर्किए लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उम्मेद्वारी दर्तासँगै शेयर बजारमा उछाल आएको छ । ९ दिनपछि खुलेको शेयर बजारमा ४४ दशमलव ६२ अंकले बृद्धि भई १,८९८ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज बजारमा हरियाली छाउँदा लगानीकर्ता उत्साहित भएका छन् । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको मात्रै शेयर मुल्यमा गिरावट आएको छ ।

आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएको देखिएको छ । फाइनान्स कम्पनीको उपसूचक ४ दशमलव ६९ प्रतिशतले बृद्धि भएको छ । आज दिनभरिमा २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर कारोबार हुँदा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टलरीको २ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ४८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS