IME Life
GBIME

भारतीय रेलवेकाे भारत-नेपाल धार्मिक यात्रा प्याकेजमा रु‍.१६ लाखकाे दुर्घटना बीमा

SPIL
NIC ASIA new
NLIC

नयाँ दिल्ली । भारतीय रेलवे खानपान र पर्यटन निगम (आइआरसिटिसी) ले हिन्दू तीर्थयात्रीका लागि १० दिने नयाँ यात्रा कार्यक्रम सार्वजनिक गरेकाे छ। सूचीकृत यात्रा गन्तव्यहरुमा भारतको अयोध्या, प्रयागराज र वाराणसीसँगै नेपालकाे पशुपतिनाथ, स्वयम्भूनाथ,दरबार स्क्वायर जस्ता गन्तव्यहरू समेटिएकाे छ।

नाै रात र १० दिनको यो विशेष प्याकेजमा दुई यात्रु मात्र बस्न मिल्ने वा तीन यात्रुकाे लागी भारु. ३४ हजार ६५०(नेरु‍ ५५ हजार ४४० ) शुल्क ताेकिएकाेछ । जबकि यात्राकाे ‘आरामदायी’ श्रेणी अन्तर्गत एक यात्रु मात्र बस्न मिल्ने सुविधा भएकाे डब्बाकाे लागी प्रति व्यक्ति भारु ३९ हजार ८५०(नेरु‍ ६३ हजार ७६० ) शुल्क तिर्नुपर्नेछ।

Crest

निगमले यात्रुहरुकाे यात्रा बीमा समेत समावेश गरिएकाे प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ । निगमका अनुसार दुर्घटना मृत्यु वा स्थायी अपांगता भएमा भारु १० लाख (रु. १६ लाख) , स्थायी अर्द्ध अपांगतामा भारु ७ लाख ५० हजार(रु. १२ लाख ), घाइते भएर उपचार गर्दा भारु २ लाख(रु. ३ लाख २० हजार), शव ओसार्ने खर्चवापत भारु १० हजार(रु. १६ हजार) काे बीमा दाबीवापत प्रदान गर्नेछ ।

यो प्याकेजले तीर्थयात्रीलाई रामजन्मभूमि मन्दिर, हनुमान गढी, सरयू घाट, तुलसी मानस मन्दिर, संकट मोचन मन्दिर, काशी विश्वनाथ करिडोर, गंगा आरती, गंगा – यमुना संगम र हनुमान मन्दिर जस्ता अन्य तीर्थस्थलमा पनि लैजानेछ। काठमाडौंको प्रसिद्ध पशुपतिनाथ मन्दिर, दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपा पनि भ्रमणमा सामेल हुनेछन् । प्रतिवेदनका अनुसार यो भ्रमण अक्टोबर २८ बाट सुरु हुने र यसलाई भारत नेपाल आस्था यात्रा नाम दिइएको छ ।

याे शुल्कमा रेल यात्रा, रेलमा खाना र रेल बाहिर शाकाहारी भाेजन), होटलमा राती बास, विभिन्न ठाउँबाट स्थानान्तरण, यात्रा बीमा, सुरक्षा शुल्क र करहरू समावेश गरिएको छ। प्याकेजको लागत स्मारक शुल्क, यात्रुहरूले निर्णय गरेको खाना, साहसिक गतिविधि, कोठा सेवा र व्यक्तिगत प्रकृतिको कुनै पनि खर्च बाहेक छ।

यद्यपि, यात्रुहरूले ध्यान दिनुपर्छ कि उनीहरूले मन्दिर दर्शन र स्मारकहरूको भ्रमणका लागि अनिवार्य रूपमा आफ्नो काेभिड १९ खोप प्रमाणपत्र बोक्नुपर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS