IME Life

जीवन बीमा कम्पनीका सिइओको तलब एक करोड ३३ लाखसम्म, कुन कम्पनीका सिइओको तलब सुविधा कति (सूचीसहित)

SPIL
Sanima Reliance

काठमाडौं । जीवन बीमा आफैंमा कठिन र जटिल व्यवसाय हो । यस्तो व्यवसायको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत अन्य कम्पनीका भन्दा बढी जिम्मेवार हुनुपर्छ । बजारीकरणको शीपदेखि स लिएर कुशल व्यवस्थापकको जिम्मेवारी बहन गर्नु पर्ने भएकाले पनि बैंकिङ क्षेत्र पछि आकर्षक तलब सुविधा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भुक्तानी लिइरहेका हुन्छन् ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनका आधारमा सबैभन्दा धेरै तलब सुविधा उपलब्ध गराउनेमा एशियन लाइफ पर्छ । कम्पनीले दिएको उक्त तलब सुविधा आर्थिक वर्ष २०७७-७८ मा एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतले १ करोड ३३ लाख २ हजार ६ सय ९० रुपैयाँ तलब भत्तासहितको सुविधा वापत भुक्तानी लिएका छन्। आव २०७७/७८ को साउनमा राजेश कुमार श्रेष्ठले र २०७७ माघदेखि २०७८ असारसम्मको तलब भत्ता दिनेश लाल श्रेष्ठले भुक्तानी लिएका हुन् । यसबीच २०७७ भदौदेखि पुस मसान्तसम्म निमित्त प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले कम्पनी सम्हालेका थिए।

Crest
Meta Holidays

कूल बीमाशुल्क आम्दानीको आधारमा एशियन लाईफ इन्स्योरेन्स छैठौं स्थानमा रहेको छ भने प्रथम बीमाशुल्क आम्दानीको आधारमा आठौं स्थानमा रहेको छ।तर तलब भत्तामा एक नम्बरमा देखिएको छ।

एकै आ.व. मा दुईजना प्रमुख कार्यकारी अधिकृत  रहेको र पुरा कार्यकाल समेत नसम्हालेको हुँदा एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको वास्तविक तलब भत्ता सुविधावापतको रकम आ.व. २०७७-७८ मा छुट्याउन कठिन भएपनि २०७८-७९ को प्रतिवेदनबाट प्रष्ट हुनेछ।

एशियन लाईफ पछि दोस्रो धेरै तलब सुविधा बुझ्नेमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पर्छन् । कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत विवेक झाले एक करोड २६ लाख रुपैयाँ बुझेका थिए । कम्पनीले २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगरेकोले तालिकामा समावेश गरिएको छैन ।

तेस्रो धेरै तलब सुविधा भुक्तानी लिनेमा नेशनल लाइफका सिइओ पर्दछन् । नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन सिइओ भरत बहादुर बस्नेतले एक करोड १६ लाख रुपैयाँ लिएका थिए । बस्नेत २०७७ पुस बाट बाहिरिएका थिए ।

चौथो धेरै तलब लिनेमा मेट लाइफका सिइओ पर्छन् । मेट लाइफले प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठलाई आर्थिक वर्ष २०७७/७८ मा एक करोड १३ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा उपलब्ध गराएको छ ।

पाँचौ धेरै तलब युनियन लाइफले आफ्नो सिइओलाई दिने गरेको छ । युनियन लाइफका सिइओ मनोजलाल कर्णले आर्थिक वर्ष २०७६/७७ मा ९१ लाख ८ हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेका छन् । छैठौ धेरै तलब सुविधा उपलब्ध गराउनेमा प्राइम लाइफ पर्छ । प्राइम लाइफले आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन सिइओ मनोज कुमार भट्टराइलाई ८९ लाख ८८ हजार रुपैयाँ दिएको छ ।

सातौ धेरै तलब सिटिजन लाइफका सिइओ पोषक राज पौडेलले लिएका छन् । पौडेलले आर्थिक वर्ष २०७६/७७ मा ८४ लाख १५ हजार रुपैयाँ भुक्तानी लिएका छन् । जीवन बीमा कम्पनीहरु मध्ये पौडेलको पर्सनालिटी फरक रहेको छ । जीवन बीमा क्षेत्रका बौद्धिक सिइओका रुपमा चिनिने पौडेलले नयाँ कम्पनीहरु मध्ये आकर्षिक तलब सुविधा लिने गरेका छन् ।

सिटिजन पछि धेरै तलब दिनेमा रिलायन्स लाइफ पर्छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन सिइओ प्रविण रमण पराजुलीलाई ८४ लाख ९४ हजार रुपैयाँ तलब सुविधा दिएको थियो । पराजुली अहिले नेपाल लाइफको सिइओ हुन् ।

त्यस्तै नवौ धेरै तलब दिनेमा ज्योति लाइफ पर्छ । ज्योतिले प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आर्थिक वर्ष २०७६/७७ मा ७७ लाख ५५ हजार रुपैयाँ बुझेका थिए । खत्री यस आर्थिक वर्षमा साढे दुई महिना मात्रै पूर्ण सिइओ भए । त्यस भन्दा अगाडी उनैले निमित्तको रुपमा कार्यभार सम्हालेका थिए ।

दशौ धेरै तलब बुझ्नेमा एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दास पर्छन् । दासले आर्थिक वर्ष २०७६/७७ मा ७५ लाख ८५ हजार रुपैयाँ बुझेका थिए । उनले सञ्चालकको पनि जिम्मेवारी पाउने भएकाले यस बाहेक सञ्चालकले पाउने भत्ता पनि प्राप्त गर्छन् ।

एलआइसी पछि धेरै तलब बुझ्नेमा रिलायबल नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी पर्छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा ७४ लाख ९१ भुक्तानी लिएका छन् । त्यस्तै सन नेपाल लाइफका राजकुमार अर्यालले ७० लाख ८२ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

महालक्ष्मी लाईफका सिइओ रमेश कुमार भट्टराईले आर्थिक वर्ष २०७६/७७ मा ६९ लाख ९ हजार रुपैयाँ बुझेका थिए । सूर्या लाईफले आर्थिक वर्ष २०७६/७७ मा शिवनाथ पाण्डेलाई ६८ लाख ९६ हजार रुपैयाँ तलब भत्ता दिएको थियो । आइएमई आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलाई ५५ लाख ६२ हजार रुपैयाँ तलब सुविधा दिएको थियो । भट्ट २०७५ भदौदेखि २०७७ असारसम्म आइएमई लाइफको सिइओ थिए ।

प्रभु लाइफले पनि प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष २०७६/७७ मा ४४ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको थियो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त तलब बुझेका हुन् ।

गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत नारायण भट्टराइलाई ३६ लाख १४ हजार रुपैयाँ तलब सुविधा उपलब्ध गराएको थियो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तयार पारिसकेता पनि सार्वजनिक नगरेकाले समाचारमा आर्थिक वर्ष २०७५/७६ को तलब सुविधा मात्रै उल्लेख गरिएको हो । सानिमा लाइफले पनि आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन महाप्रवन्धक शिवराज तिमल्सिनालाई २४ लाख ५२ हजार रुपैयाँ तलब सुविधा उपलब्ध गराएको थियो । सानिमा लाइफले धेरै लामो समय प्रमुख कार्यकारी अधिकृत बिना नै कम्पनी सञ्चालन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई तलब तथा इन्सेन्टिभ बाहेक नियम अनुसार मुनाफाबाट बोनस रकम पनि उपलब्ध गराउने गरेको छ । यसका साथै कम्पनीलेहरुले गाडी, इन्धन, मोबाइल, पत्रपत्रिका लगायतका सुविधा दिने गरेका छन् ।

कुन कम्पनीको सिइओको तलब सुविधा कति 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

15%

दु :खी

54%

अचम्मित

15%

उत्साहित

15%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x