Connect IPS
IME Life

दशैं विदामा यी बैंकका ‘दशैं काउण्टर’ मार्फत सेवा लिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं नजिकिदो छ । असोज १६ देखि २१ गतेसम्म दशैं विदा रहेको छ । उक्त समयमा विभिन्न बैंकहरुले आफ्नो ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै दशैं काउन्टर खुल्ला गर्ने भएको छ । बैंकहरुले दशैंको टिकाको दिन बाहेक अन्य ५ दिन सातै प्रदेशमा काउन्टर खोल्ने भएको हो । जसमध्ये,

एनआइसी एसिया बैंकको दशैं काउण्टर दशैंभर खुल्ला रहने

Prabhu
Crest

एनआइसी एसिया बैंकले दशैंको विदामा दशैं काउण्टर खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशमा दशैं काउन्टर खुल्ला गर्ने भएको हो । उक्त काउन्टर असोज १६ गतेदेखि २१ गतेसम्म विहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुल्ला रहनेछ । तर टिकाको दिन भने सबै काउन्टर बन्द रहने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले दशैं काउन्टर संचालनमा ल्याउने भएको छ । बैंकले ग्राहकको चापको आधारमा देशभरका केहि शहरहरुमा दशैं काउन्टर संचालनमा ल्याउने भएको हो ।

सिभिल बैंकको दशैं काउन्टर

सिभिल बैंकको दशैं काउण्टर सातै प्रदेशमा संचालन हुने भएको छ । बैंकको १६ देखि २१ गतेसम्म विभिन्न शाख मार्फत दशैं शाखा संचालन गर्ने भएको छ । उक्त काउनटरहरु भने विहान ११ बजेदेखि दिउसो १ बजेसम्म खुल्ला रहने बैैंकले जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले दशैं विदामा आफ्नो दशैं काउण्टर संचालनमा ल्याउने भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र ५ वटा शाखामा दशैं काउण्टर खुल्ला गर्ने भएको छ भने काठमाडौं उपत्यका बाहिर पनि दशैं काउण्टर खुल्ला गर्ने भएको छ । असोज १८ र १९ गते बाहेक बाँकी ४ दिन बैंकले दशैं काउण्टर मार्फत सेवा दिने भएको हो ।

मेगा बैंक लिमिटेड

मेगा बैंकले दशैंको विदामा पाँच दिन सेवा दिने भएको छ । दशैंको टिकाको दिन बाहेक अन्य दिनमा पनि बैंकले सेवा प्रदान गर्नेछ । बैंकले दशैं काउण्टर मार्फत विभिन्न शाखाबाट आफ्ना ग्राहक महानुभावहरुलाई सेवा दिने भएको हो । दशैं काउन्टर सेवाका लागि भने विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काउण्टर खुल्ला रहने बैंकले जनाएको छ ।

सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडले विजयादशमीको सार्वजनिक विदाको दिनमा पनि ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सातै वटा प्रदेशमा रहेको विभिन्न शाखा मार्फत तोकिएको दिनमा सेवा प्रदान गर्ने भएको हो । सेवाग्राहीहरुले विहान ११ बजेदेखि दिउँसो २ बजेभित्र बैंकले तोकेको शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडले दशैं विदामा पनि तीन दिन बैंकको शाखा खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं भित्र र बाहिरका शाखाहरु विदाको समयमा पनि तीन दिन असोज १६, १७ र २१ गते खुल्ला गर्ने भएको छ । बैंकले तोकेको शाखाहरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्नेछ ।

दशैंमा सानिमा बैंकले कल सेन्टर सेवा संचालन गर्ने

हिन्दुहरुको महानपर्व बडा दशैंका आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै सानिमा बैंकले कल सेन्टर संचालनमा ल्याउने भएको छ । बैंकले असोज १६ गतेदेखि १८ गतेसम्म विहान ७ बजेदेखि बेलुकी ११ बजेसम्म सेवा प्रदान गर्नेछ । यसैगरी दशमी टिकाको दिन १९ गते विहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा प्रदान गर्नेछ । साथै असोज २० र २१ गते भने विहान ७ बजेदेखि बेलुकी ११ बजेसम्म कल सेन्टर खुल्ला रहने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले दशैंको सार्वजनिक विदामा पनि आफ्नो सेवा चालु राख्ने भएको छ । बैंकले सातै वटा प्रदेशमा सिमित शाखाहरु खुल्ला गरी ग्राहकलाई सेवा दिने भएको हो । उक्त सेवा लिन ग्राहकहरु विहान १० बजेदेखि दिउँसो २ भित्र तोकिएको शाखामा पुग्नुपर्ने हुन्छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले दशैं काउन्टर संचालनमा ल्याउने भएको छ । बैंकले सरकारी विदाको दिनमा पनि सातै प्रदेशका विभिन्न शाखाहरु मार्फत ग्राहकलाई सेवा दिने भएको हो ।

नविल बैंक लिमिटेड

नविल बैंक लिमिटेडले दशैं काउन्टर संचालनमा ल्याउने भएको छ । बैंकले सरकारी विदाको दिनमा पनि सातै प्रदेशका विभिन्न शाखाहरु मार्फत ग्राहकलाई सेवा दिने भएको हो ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले दशैं काउन्टर संचालनमा ल्याउने भएको छ । बैंकले सरकारी विदाको दिनमा पनि सातै प्रदेशका विभिन्न शाखाहरु मार्फत ग्राहकलाई सेवा दिने भएको हो । बैंकले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको शाखाबाट सेवा प्रदान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS