Connect IPS
IME Life

कामना सेवाद्वारा मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालयले काठमाडौं जिल्ला क.म.पा. वडा नं. ३०, मैतिदेवीस्थित मैतिदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले क.म.पा. वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए । साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिनिटल डोनेसन बक्स समेत राखेको छ । कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रतिबद्धता जाहेर गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS