Connect IPS
IME Life

मेगा क्यापिटलले पुरा गर्यो ५ वर्ष, ६८ करोडको पोर्टफोलियो ब्यबस्थापन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पुरागरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडी बढेको जनाएको छ ।

क्यापिटलका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । क्यापिटलले हाल सम्म करिब एक लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८,करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको जनाएको छ ।

Prabhu
Crest

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको उल्लेख गरेको छ । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग आईपिओ निष्काशन र अण्डरराइटिङ सम्झौता पनि गर्दै आएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको क्यापिटलले जनाएको छ ।

मेगा क्यापिटललाई आजको अवस्थामा पु-याउन सहयोग गर्ने मेगा बैंकनेपाल लिमिटेडका संस्थापक सेवाग्राहीहरु र सेयरधनीहरु, मेगा बैंक लगायत सम्पूर्ण सरोकारवालाहरु र शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS