Connect IPS
IME Life

नेपाल बैंक र गोरखापत्र संस्थानले बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि बिषयमा सहकार्य हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्वको अनुभूति भैरहेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गरे ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफु अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल,सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गदैं यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS