काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले कार्तिक ४ गते साधारणसभा आह्वान गरेको छ । उक्त सभा कमलादी स्थित आफ्नै केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ । क्यापिटलको असोज ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन ।
सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गर्ने, तथा लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।
त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य कम्पनीलाई गाभ्ने/गाभिने कार्य गर्नेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।