काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १४ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द यर्नेछ । त्यसकारण आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । ललितपुर, पुल्चोकस्थित याक प्यालेसमा उक्त दिन बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।
साधारण सभामा गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।