काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको संचालक समितिको हिजो असोज ११ गते बसेको बैठकबाट कम्पनीको आर्थिक वर्ष ७८/ ७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भई पारित भएपश्चात वितरण हुनेछ ।
कम्पनीले हाल शेयर निष्काशन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा, शेयर प्रत्यभुतिलगायत सनराईज सामुहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्८ र सनराईज ब्लूचीप फण्८ गरी २ वटा बन्दमुखी योजना संचालन गरी आएको छ भने निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात थप १ बन्दमुखी सनराईज फोकस्ड इक्यूटि फण्८संचालनगर्ने योजना रहेको छ ।