Connect IPS
IME Life

बिजबजारको भव्य उत्सवमा निःशुल्क डेलिभरी देखि ७८ प्रतिशत सम्मको छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै बिजबजार भव्य उत्सव नामक योजना चाडबाडको उमङ्ग भव्य अफरसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको छ । चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको र यो योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने बिजबजारले जनाएको छ।

यो पटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ । जसमा हामी नेपाली भन्ने योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउने छन् । नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ ।

Prabhu
Crest

यो अफर अन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ। जसमा पहिलो MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR, दोस्रोमा REALME 9 PRO + 5G, छन्, अनि तेस्रो उपहारमा SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L रहेको छ। साथै काठमाडौँ उपत्यकाका ग्राहकको लागि घटस्थापना देखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दसैँमा दस कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ । कम्पनीका अनुसार, यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानु पर्ने हुन्छ । त्यहाँ कम्पनीले सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप दिनेछ ।
यो योजनामा रहेका अफरहरू निम्न अनुसार छन् :

१ . TECH मास्टर: UP TO 78% OFF (Computers & Gadgets)
२. GORGEOUS: UP TO 73% OFF (Health & Beauty)
३. GHARKO LOOK: UP TO 73% OFF (Home Decor)
४ .The E-zone: UP TO 50% OFF (Electronics & Accessories)
५. SMART घर: UP TO 50% OFF (Home Appliances)
६. FESTIVE MOOD: UP TO 50% OFF
७. SHOEPRISE: UP TO 33% OFF (Footwear)
८. Kids Special: UP TO 70% OFF (Baby Products )
९. TIME 4 AABHUSAN: UP TO 70% OFF (Jewelry)
१०. UTSAVKO TAYARI: UP TO 69% OFF (Miscellaneous)
११. DAINIK ESSENTIALS: UP TO 54% OFF (Daily Essentials)
१२. PAWSIBILITIES: UP TO 50% OFF (Pet Supplies)
१३. CHADWAAD WIHESH: UP TO 50% OFF (Festive & Puja Samagri)
१४. GHARGHARMAA MITHAS:UP TO 10% OFF (Sweets and Confectionary)
१५. HAMI NEPALI: UP TO 5% OFF (Nepali Brands / Products and Complimentary Gift)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS