काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले सातौं वार्षिक साधारण सभा कात्तिक ४ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा दिउँसो १ बजे शुरु हुनेछ ,
सभाले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।