काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । चाडपर्वलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरिएको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनुहुने र क्रेडिट कार्डका ग्राहकहरुले क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०५ वा रु ५०० सम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ।
त्यस्तै बैंकको एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक पाइने र एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने.रु. २०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।