Connect IPS
IME Life

मर्जरको संझौता गरेका कुमारी र एनसिसी बैंकको कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका कुमारी बैंक र एनसिसी बैंकको दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जले दुबै बैंकको कारोबार रोक्का गरेको हो । दुबै बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर कारोबार रोक्का गरिदिन अनुरोध गरे सँगै आजदेखि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

दुबै बैंकले हिजो होटल मेरियटमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दोस्रो बजारमा कुमारी बैंकको पछिल्लो शेयर मूल्य १८६ रुपैयाँ र एनसिसी बैंकको १८४ रुपैयाँ छ ।

Prabhu
Crest

हिजो सोमबार होटल मेरियटमा एनसिसी बैंकक अध्यक्ष उपेन्द्र केशरी न्यौपाने र कुमारी बैंकका अध्यक्ष अमिर राणाले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बैंकको नाम कुमारी बैंक नै रहनेछ ।

दुई बैंक विचमा एक बराबर एकको अनुपातमा मर्ज गर्ने सहमति भएको छ । मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसिसीका रमेश राज अर्याल र डिसिइओमा कुमारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल रहने सहमति भएको छ । अध्यक्षमा पनि एनसिसीकै उपेन्द्र केशरी न्यौपाने रहने छन् । पुस भित्रै मर्जर प्रकृयाँ सक्ने दुबै बैंक विचमा सहमति भएको छ ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । कुमारीलाई पनि यो योजना ल्याइँदैन । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन् । एक्सटेन्सन काउन्टर बाहेक शाखा संख्या ३५५ पुग्ने छ ।

अहिले कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । निक्षेप संकलन तर्फ हेर्ने हो भने भदौ मसान्तमा एनसिसीको एक खर्ब २८ अर्ब रुपैयाँ छ भने कुमारीको एक खर्ब ७८ अर्ब रुपैयाँ छ । मर्जर पछि बैंकको निक्षेप तीन खर्ब ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

त्यस्तै कर्जा लगानी तर्फ भदौ मसान्तमा एनसिसीको एक खर्ब १८ अर्ब रुपैयाँ छ भने कुमारीको एक खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कर्जा लगानी २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्नेछ ।

जगेडा कोष तर्फ कुमारी बैंकको ४ अर्ब ६१ अर्ब रुपैयाँ छ भने एनसिसीको तीन अर्ब ८४ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोष ८ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । पछिल्लो वित्तीय विवरण अनुसार एनसिसीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने कुमारीको १९ रुपैयाँ छ । कुमारीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ छ भने एनसिसीको १४७ रुपैयाँ छ ।

नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार १५ दिन मात्रै रोक्का हुने गरी आवस्यक कानुनको मस्यौदा तयार पारिसकेको छ । तर कानुन कार्यान्वयनमा नगएकाले कारोबार रोक्का गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS