Connect IPS
IME Life

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी १ लाख ५ हजार ८१० जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज मंगलवार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS