काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकको असोज ६ गते वेलुका ६ बजेर ४५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कर प्रयोजनका लागि आवस्यक रकम पनि सोही लाभांशबाट कट्टा गरिने बैंकले जनाएको छ ।
प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंककले स्वीकृत गरे पछि मात्रै बैंकले आगामी वार्षिक साधारणसभामा पेश गर्न पाउनेछ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् । बैंकले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट ८ प्रतिशत बोनस शेयर दिएको थियो । तर यस वर्ष भन्दा आधाले लाभांश घटाएको हो ।