Connect IPS
IME Life

ग्लाेबल आइएमई बैंकले मुद्दती खातामा दुई वर्षमै कसरी दिंदैछ डब्बल रकम फिर्ता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंकले दुईवर्षमा बचतकर्ताले जम्मा गर्ने निक्षेप र ब्याज रकम सहित दोब्बर रकम भुक्तानी दिने टप अप मुद्दती बचत योजना सार्वजनिक गरेको छ । हाल वार्षिक १२.१३३ प्रतिशत ब्याज दर घोषणा गरेको ग्लोबल आइएमई बैंकले टप अप मुद्दती खातामा न्यूनत्तम १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने शर्त राखिएको छ ।

यस बचत योजना अन्तर्गत पहिलो पटक जम्मा गरेको मूलधनको १० प्रतिशतका दरले हुन आउने रकम बचतकर्ताले प्रत्येक त्रैमासमा मुद्दती खातामा थप गर्दै लैजानुपर्नेछ । १० हजार रुपैयाँबाट मुद्दती खाता खोलेको ग्राहकले दुई वर्षको कूल ८ वटा त्रैमासमध्ये शुरुको ७ वटा त्रैमास(तीन महिने अवधि) मा मात्र थप दश प्रतिशत रकम जम्मा गर्न पाउनेछन् । बैंकले बचत रकमको आधारमा चक्रवर्ती ब्याज गण्ना गरेर दुई वर्षको अवधि पुरा भएपछि बचतकर्तालाई बचत गरिएको कूल १७ हजार र थप ब्याज ३ हजार सहित जम्मा २० हजार रुपैयाँ भुक्तानी दिनेछ ।

Prabhu
Crest

सामान्य मुद्दती बचत खातामा एक पटक मात्र मुद्दती खातामा रकम जम्मा गर्न पाइने र मुद्दती अवधिभर मूलधनको आधारमै ब्याज गणना हुँदै आएकोमा टप अप मुद्दती बचत खातामा ग्राहकले बीच बीचमा थप रकम जम्मा गर्न पाउने सुविधा समेत उपलब्ध गराइएको छ।

यस बचत योजना अन्तर्गतले ग्राहकले अन्तिम त्रैमासिकमा थप १० प्रतिशत रकम जम्मा गर्न पाउनेछैनन् । मासिक ब्याज चक्रवृद्धि अन्तिम ३ महिनाको म्याच्युरिटी अवधिसम्म स्थगन गरिनेछ । अन्तिम त्रैमासिकको ब्याज त्रैमासिक आधारमा भुक्तानी गरिने बैंकले उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS