काठमाडौं । हिजो दोहोरो अंकले बढेको बजार आज फेरी घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ८३ अंकले घटेर १,८३८ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुँदा ६५ करोड ५७ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७५९ रुपैयाँ थियो ।
त्यस्तै, बोटलर्स नेपालको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको १ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।