काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको लाइसेन्स लिन चाहनेलाई परामर्शदाताको सेवा दिने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज २ गते धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको लागि दरखास्त आह्वान गरेको छ ।
धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६४ मा रहेको व्यवस्था अन्तर्गत रही क्यापिटलले आवश्यक परामर्श सेवा दिनुका साथै सम्भाव्यता अध्ययन समेत गर्नेछ । ब्रोकर लाइसेन्सका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन चाहने तथा परामर्श सेवा लिन चाहेनेहरुले अरुण कृष्ण लामा, छविलाल शर्मा पौडेल र पराग विष्टलाई सम्पर्क गर्न सक्ने क्यापिटलले जनाएको छ । क्यापिटलले विगतका वर्षदेखि नै संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।