Connect IPS
IME Life

नेपाल टेलिकमले ल्यायो सजिलो प्रिपेड कम्बो अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु। ३४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

Prabhu
Crest

यसैगरी रु। ४९९ मा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १ हजार ९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १ हजार ९६० ९दैनिक ७०० वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत रु। ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु। ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु। ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS