काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले विक्री गरेको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले भदौ १५ गतेदेखि २९ गतेसम्म विक्री गरेको ऋणपत्र गत मंगलवार बाँडफाँड गरेको हो ।
बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा वितरण गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ५० करोड बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो । १ अर्ब बराबरको १० लाख कित्ता शेयरमध्ये ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको थियो ।
सामूहिक लगानीकोषबाट ५ हजार कित्ताको लागि मात्र आवेदन परेको जानकारी बैंकले दिएको छ । सामूहिक लगानी कोषहरूमा वितरण हुन नसकेको बाँकी शेयर समेत जोडेर सर्वसाधारणमा वितरण गरेको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।