काठमाडौं । बाणिज्य बैंकहरुले भदौ महिनामा मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले भदौ मसान्तसम्ममा ४४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले भदौ महिनामा १३ अर्ब ७५ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । यस अवधिमा बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
भदौ महिनामा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले १५ अर्ब ४५ करोड रुपैयाँले निक्षेप सुधार गरेको छ । सहकारी क्षेत्रमा बढ्दो ठगी सँगै सहकारीबाट सुरक्षित लगानीको रुपमा बाणिज्य बैंकमा पैसा आएको हुन सक्छ । कर्जा विस्तार भने बाणिज्य बैंकको एक अर्ब ६४ करोडले घटेको छ ।
भदौ महिनामा सेञ्चुरी, सिभिल, एनसिसी बैंक, प्रभु बैंक, सानिमा बैंक र सनराइज बैंकको निक्षेप संकलन घटेको छ । बाँकी सबैको बढेको छ । त्यस्तै कर्जा विस्तार घटेमा सेञ्चुरी, बैंक अफ काठमाडौं, सिभिल, कुमारी, लक्ष्मी, प्राइम र राष्ट्रिय बाणिज्य बैंकको कर्जा विस्तार खुम्चिएको छ ।