काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नारायण प्रसाद जोशी चयन भएका छन् । तत्कालिन अध्यक्ष सृजना जोशीले राजीनामा दिएकाले कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा जोशीलाई चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष पद तथा गोपनीयतको शपथ लिएका छन् ।