काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८१ प्रतिशतले घटेर १८३७ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब २२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा स्वाभलम्बन लघुवित्त वित्तीय संस्थान लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ३ दशमलव ९२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १ हजार ५३८ रुपैयाँ कायम भएको छ ।
साथै आज आदर्श लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर २ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३०६ रुपैयाँ कायम भएको छ । यसैगरी आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर १ दशमलव ९१ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३९९ रुपैयाँ कायम भएको छ ।