काठमाडौं । काठमाडौं उपत्यकामा लोकप्रियता कमाएको पठाओले चितवनमा पनि आफ्नो सेवा सुरु गर्ने भएको छ । करिब चार वर्षअघिदेखि काठमाडौंमा सुरु भएको पठाआले चितवनमा पनि आफ्नो सेवा सुरु गर्ने भएको हो ।
पठाओले सुरुवाति समयमा चितवनमा अटो र बाइकमा पठाओ सेवा संचालन गर्ने जनाएको छ । पठाओ सेवा सुचारु गर्न सबै तयारी भइसकेको पठाओ कम्पनी नेपालले जनाएको छ । पछिल्लो समय रोजगारीको अवसर समेत प्रदान गरीरहेको यो सेवा यात्रुहरु समक्ष सहजरुपमा सुरु गर्ने तयारी रहेको छ । चितवनमा पठाओ राइडरको रुपमा आवद्ध हुन इच्छुकहरुले भने भरतपुरको कान्ती चोकमा रहेको पठाओ शाखा कार्यालयमा सवारी चालक अनुमति पत्र र ब्लु बुक सहित सम्पर्क गर्न सक्नेछन् ।