Connect IPS
IME Life

भारतमा बीमा दाबीकाे ठगी नियन्त्रण गर्न विशेष अनुसन्धान ब्यूराे गठन गरिंदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । बीमा दाबीमा हुने ठगीका घटनाको छानबिन गर्न भारतमा बीमा क्षेत्रका लागि विशेष ठगी अनुसन्धान कार्यालय (एसएफआईओ) जस्तो स्वतन्त्र निकाय बनाउने तयारी गरिएकाे छ । भारतकाे बीमा नियामक निकाय भारतीय बीमा नियामक र विकास प्राधिकरण (आइआरडिएआई) ले बीमा ऐन, १९३८ लाई संशोधन गर्न विधेयक ल्याउने तयारी भइरहेकाे भारतीय संचारमाध्यमलाई जानकारी दिएका छन् ।

भारतमा हाल स‌ंचालनमा रहेकाे कर्पोरेट मामिला मन्त्रालय अन्तर्गत गम्भीर ठगी अनुसन्धान कार्यालय एसएफआईओले संस्थागत (कर्पोरेट) ठगी मुद्दाहरूको अनुसन्धान गर्छ । प्रस्तावित एजेन्सी, जसलाई बीमा ठगी अनुसन्धानकाे स्थापनाकाे लागी बीमा नियामक र बीमा कम्पनी दुबै समावेश गरिएकाे संयुक्त कार्यदलकाे प्रतिवेदनमा समेत सिफारिश गरिएकाे द बिजनेश स्टाण्डर्डले उल्लेख गरेकाे छ । यस्तो एजेन्सी स्थापना गरेमा भारतले बीमा क्षेत्रमा हुने ठगी नियन्त्रण र रोकथाममा सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्ता संस्थाहरू अमेरिकाको नेशनल इन्स्योरेन्स क्राइम ब्यूरो, क्यानडाको राष्ट्रिय बीमा अपराध सेवा र बीमा ठगी ब्यूरो र बेलायतकाे बीमा ठगी प्रवर्तन विभागलगायत धेरै देशहरूमा सञ्चालनमा रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS