काठमाण्डाैं । जीवन विकास लघुवित्त संस्थाले गरिबी निवारण र प्रदुषण नियन्त्रणमा याेगदान पुर्याएवापत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ । बंगलादेशमा मुख्यालय रहेकाे थ्री जिराे क्लबले जीवन विकास लघुवित्त संस्थालाई वेष्ट थ्री जेड सपाेर्ट अर्गनाइजेशन अवार्डबाट सम्मान गरिएकाे हाे ।
माेरंगकाे विराटनगरमा मुख्यालय रहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्थाले छाेटाे समयमै सामाजिक सेवा, राेजगारी सिर्जना, गरिबि निवारण र महिला सशक्तिकरणकाे क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याएकाे छ । याे संस्थाले विद्यालय, स्वास्थ केन्द्र, शीप विकास केन्द्र समेत संचालन गरिरहेकाे छ । यसअघि जीवन विकास लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रय अरब गल्फ प्राेग्राम फर डेभलपमेन्ट(एगफण्ड) अन्तर्राष्ट्रिय पुरस्कार २०१७ बाट सम्मानित भइसकेकाे छ । एगफण्डले ३ लाख अमेरिकी डलर (झण्डै ३ कराेड ५३ लाख रूपैयाँ) पुरस्कार राशी प्रदान गरेकाे थियाे ।
लघुवित्त मार्फत् बंगलादेशमा गरिबी निवारणकाे सफल अभियान संचालन गरेका महम्मद युनुसकाे परिकल्पना साकार पार्ने उद्देश्यले थ्री जीराे क्लबकाे स्थापना गरिएकाे हाे ।