काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिचन्द्र ओझाको कार्यकाल थप भएको छ । गत शुक्रवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सीईओ ओझाको कार्यकाल यही असोज १ देखि लागू हुने गरी ६ महिना थप गरेको हो ।
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएकाले त्यसलाई सहजता प्रदान गर्न सीइओ ओझाको कार्यकाल थप गरिएको कम्पनीले सुचना उल्लेख गरेको छ ।