काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना मुक्तिनाथ आर्शिवाद खातामा संचालनमा ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले १ करोड १ लाखसम्मको बीमा सुविधा समेत समेटिएको छ ।
बैंकका अनुसार बैंकले ल्याएको मुक्तिनाथ आर्शिवाद खातामा खातावालाले १५ अन्य बैंकिङग सुविधाहरुमा समेत छुट पाउन सक्नेछन् । यो खाता अन्तर्गत गोल्ड र प्लाटिनम बीमा योजना समेत समेटिएको छ । जसमा ५१ लाख रुपैयाँ सम्मको बीमा सुविधाहरु रहेको छ । बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात ५० हजारसम्म रहेको छ ।
यसैगरी प्लाटिन योजना अन्तर्गत १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधाहरु रहेको छ । साथै बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ ।