काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । नेशनल माइक्रोफाइनान्सले संस्थापक समुहको १७ हजार ९४३ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
भदौं ३० गतेदेखि शिलबन्दी बोलपत्र पेश सुरु भएको उक्त शेयरको शिलबन्दी पेश गर्ने अन्तिम मिति भने असोज ६ गतेसम्म रहेको छ । साथै उक्त बिक्रिमा राखिएको संस्थापक शेयरको प्रति शेयर मूल्य भने प्रति कित्ता न्यूनतम ७५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्ने इच्छुकलाई बिक्रि प्रबन्धक एाआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन आग्रह गरेको छ । उक्त आवेदन भने एक सय रुपैयाँ नगद तिरी लिन सकिने कम्पनीले जनाएको छ । साथै बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।