काठमाडौं । आज नेप्से परिसूचक ४७ दशमलव ३३ अंकले सुधार आएको छ । आज नेप्से परिसूचकमा सुधार आउँदा १९८१ दशमलव ४८ को विन्दुमा कायम भएको छ ।
आज सबै कम्पनीको शेयर कारोबारमा उल्लेख्य सुधार आएको छ । जसअन्तर्गत १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गुर्खाज फाइनान्सको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लाग्दै बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज बैंकको प्रति शेयर मूल्य भने २७३ रुपैयाँ कायम भएको छ । साथै लिवर्टी इनर्जि कम्पनीको शेयर ८ दशमलव ३२ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २५७ रुपैयाँ कायम भएको छ ।