Connect IPS
IME Life

पहिलो साउनमै जीवन बीमा कम्पनीमा डेढ अर्बको सरेण्डर, गलत अभ्यासको असर कुन कम्पनीमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमाकम्पनीहरुमा चालु आर्थिक वर्षको पहिलो साउन महिनामै ८ हजार ४२२ जनाले जीवन बीमा पोलिसी सरेण्डर गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनमा मात्रै एक अर्ब ५१ करोड २७ लाख रुपैयाँको सरेण्डर भएको छ ।

बीमा समितिले गएका वर्षमा सरेण्डर अवधि लम्ब्याउदा सरेण्डर हुन नसकेका पोलिसी अहिले विस्तारै सरेण्डर भइरहेका छन् । कतिपय बीमितले समस्याका कारण, पैसाको अभावमा पोलिसीलाई निरन्तरता दिन सकिरहेका छैनन् भने कतिपय पोलिसी सुनियोजित रुपमै सरेण्डर भइरहेको बीमकहरु बताउछन् ।

Prabhu
Crest

सुनियोजित रुपमा हुने सरेण्डरमा अभिकर्ता तथा कर्मचारीकै मिलेमतो रहने भएकाले अग्रिम रुपमा लिएको कमिशनले सरेण्डर भ्यालु पछि घट्न जाने मूल्याङ्कनलाई पनि परिपुर्ती गर्छ । तर सोझा साझा बीमित जो अरुको लहै लहैमा बीमा गर्छन् उनिहरुले बीमा शुल्क भुक्तानी गर्न नसकेर सरेण्डर गर्दा भने चरम नोक्सानमा देखिन जान्छन् ।

बीमा समितिले कम्पनीहरुलाई पटक पटक बोलाएर गुणस्तरिय व्यवसाय गर्न अनुरोध गरिरहेको छ । अहिले बीमा शुल्क धेरै देखाउन अस्वस्थ रुपमा पोलिसी जारी गर्नु भन्दा दीर्घकालिन रुपमा सरेण्डर नहुने तथा ल्याप्स नहुने गरी गुणस्तरिय पोलिसी जारी गर्ने निर्देशन दिदै आएको छ ।

अहिले अस्वस्थ रुपमा जारी गरिएको यस्ता गुणस्तरहिन पोलिसीले तत्काल अरुलाई देखाउन सकिएता पनि केहि समयको अन्तरालमा सम्बन्धित पोलिसीमा चरम घाटा भइ बीमितले पाउने बोनसदर नै घट्छ । जीवन बीमा कम्पनीमा बोनसदर घट्नु भनेको नकारात्मक मार्केटिङको अस्त्र हो । यदि हरेक वर्ष बढ्दो दरमा रहेका बोनसदर र वा स्थिर बोनसदर नै बीमित र बीमक दुबैको हितमा रहन्छ ।

गत साउनमा सर्वाधिक धेरै नेपाल लाइफको तीन हजार ६२४ वटा पोलिसी सरेण्डर हुँदा समर्पण मूल्य ६४ करोड रुपैयाँ नाघेको छ । त्यस्तै सर्वाधिक दोस्रो धेरै सरेण्डर नेशनल लाइफमा देखिन्छ । एलआइसी नेपालको  १६६६ वटा पोलिसी सरेण्डर हुँदा समर्पण मूल्य ३३ करोड ४५ लाख रुपैयाँ छ । समर्पण मूल्यका आधारमा तेस्रो स्थानमा नेशनल लाइफ छ । कम्पनीको ६१६ वटा पोलिसी सरेण्डर हुँदा सरेण्डर मूल्य २८ करोड रुपैयाँ छ । सर्वाधिक कम सरेण्डर सन नेपाल लाइफको छ । बीमितले कतिपय पोलिसीलाई धान्न नसकेर सरेण्डर गरिरहेका छन् अझ सरेण्डर भन्दा ल्याप्स रेसियो भन्दा धेरै नै भयावह छ ।

विगतका वर्षमा सर्वाधिक सरेण्डर हुने युनियन लाइफले यस वर्ष धेरै नै नियन्त्रण गरेको छ । जम्मा ३१ वटा पोलिसी सरेण्डर हुँदा समर्पण मूल्य ५० लाख मात्रै छ । सरेण्डरको संख्या तथा रकम नयाँ भन्दा पनि पुराना कम्पनीमा सर्वाधिक धेरै छ । किनकी नयाँले गएका दुई तीन वर्षमा मात्रै आक्रामक व्यवसाय गरेको हुँदा उनिहरुको गत र अघिल्लो वर्षको नतिजा आगामी वर्षमा मात्रै देखिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS