Connect IPS
IME Life

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट, बल्ल जुट्यो पूँजी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको प्रभावित क्षेत्रको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कानश गरेको आइपिओमा आवेदन दिने सबैले प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

आयोजनाबाट प्रभावित हुने अवस्था अनुसार कम्पनीले अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुका लागि आइपिओ निष्काशन गरिएको थियो ।

आयोजना प्रभावित क्षेत्रले लगातार विरोध गर्दा कम्पनीले समयमा आइपिओ जारी गर्न सकेको थिएन । कहिले स्थानीय सँग पैसा नभएको त कहिले लकिङ पिरियडको विरोध गर्दै स्थानीय अगुवाले आइपिओ निष्काशनका अवरोध पुर्याउदै आएका थिए । पछिल्लो समय पनि प्रभावित क्षेत्रको रुपमा मूल्याङ्कन गर्दा पक्षपात भएको भन्दै स्थानीयले कार्यालयमै तोडफोड गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS