Connect IPS
IME Life

लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्तको मोरङ दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ । लघुवित्तले भदौ २४ गते देखि २५ गतेसम्म २ दिने तालिम संचालन गरेको हो ।

लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ३७ जना सदस्यहरुको सहभागी थियो । तालिम उद्धाटन गर्दै रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्य बहादुर कार्कीले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेका थिए ।

Prabhu
Crest

लघुवित्तका अनुसार तालिमको सहजीकरण रतुवामाई नगरपालिका अन्तर्गतका कृषि प्राविधिकहरु तारा देव राई, सन्जु तामाङ र प्रशु राम मण्डलले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS