काठमाडौं । माछापुच्छ्रे बैंकले गढीमाई मन्दिरमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल सेवालाई बढावा दिने उदेश्यका साथ क्युआर कोडा संचालनमा ल्याएको जनाएको छ ।
बैंकका अध्यक्ष डा.विरेन्द्र महतो र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई क्युआर कोड हस्तान्तरण गरेका हुन् ।
यस सेवा संचालनमा आएपछि भक्तजनले क्युआर कोड मार्फत नै भेटी चढाउन सक्ने बैंकले जनाएको छ । उक्त कोड भने दर्शनार्थीहरुले निशुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।