काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ४७ अकंले घटेर १९२६ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज ७४ करोड ७२ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर ४ दशमलब ५६ अंकले बृद्धि भएको छ भने कम्पनीको शेयर मूल्य ५०४ रुपैयाँ कायम भएको छ ।
साथै आज सूर्यदया लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले धेरै कमाएका छन् । आज कम्पनीको शेयर ३ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १४ सय ६६ रुपैयाँ कायम भएको छ । आज दोर्दी खोला जलविद्युत कम्पनीको शेयर २ दशमलव ३१ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३१९ रुपैयाँ कायम भएको छ ।