काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ४७ अकंले घटेर १९२६ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज ७४ करोड ७२ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको कुल ३ करोड ९५ लाख रुपैयाँको शेयर काराबार भएको हो ।
यसैगरी आज नबिल बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै को २ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।