IME Life
GBIME

बरुण हाइड्रोपावरको हकप्रद शेयर भर्ने म्याद थप,अब कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडलेले भदौ ६ गते बाट निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएको छ । यसअघि संस्थाले भाद्र २६ गते आइतबारसम्म भनिएकोमा अब भाद्र ३१ गते सम्म पुर्याइएको संस्थाले एक सुचना जारी गर्दै बताएको छ ।

कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Crest

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरमा विक्री प्रवन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग सँगै राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS